आकाशेपुल निर्माण सुस्त

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार १०:०२   सम्पादक: admin

कोटेश्वर–कलङ्की सडकमा निर्माणाधीन छ आकाशे पुलमध्ये तीन पुलको निर्माण सुस्त छ । महालक्ष्मीस्थान, सानेपा र बल्खुमा आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो ।कोटेश्वर–कलङ्की सडक चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सो सडक चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्नु पहिले नै नेपाल सरकारले आकाशे पुल निर्माण शुरु गरेको सडक विभाग, चक्रपथ सुधार योजनाले जनाएको छ । दुई वर्ष पहिले १५ महीनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार सो अवधि गत पुसमा सकिएपछि विभागले एक वर्ष थप गरेकामा अहिले थप भएको अवधिमा पनि काम सरासर नभएको जानकारी दिँदै उहाँले भन्नुभयो, “कुनै अवरोध छैन, ठेकेदारले काम सरासर नगरेकैले ढिलाइ भएको हो ।”

सोही योजनाअन्तर्गत नै काम भइरहेका अरु तीन स्थानका आकाशे पुल निर्माण झण्डै ७५ प्रतिशतसकिएको इञ्जिनीयर शर्माले जानकारी दिनुभयो । बालकुमारी, सातदोबाटो र एकान्तकुनामा काम अघि बढिरहेको छ । केही समयमै यी तीनै स्थानमा समयमै निर्माण सम्पन्न हुने उहाँको भनाइ थियो ।चीन सरकारले एक वर्ष पहिले कोटेश्वर–कलङ्की सडक विस्तार गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । चीन सरकारले तीन स्थानमा निर्माण गरेको आकाशेपुल पर्याप्त नभएपछि नेपाल सरकारले थप छ स्थानमा निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई.....

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको.....

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा.....

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई.....

झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका.....

नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np