तान्जानियामा लगानी बढाउन अफ्रिकी राष्ट्रपतिसँग आग्रह

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार ०८:००   सम्पादक: admin

दार एस सलाम, ३१ साउन (रासस-सिन्ह्वा) – तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले आफ्नो मुलुकमा लगानी भित्र्याउनेतर्फ सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग आग्रह गर्नुभएको छ । दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा हाल तान्जानियाको तीन दिने राजकीय भ्रमणमा हुनुहुन्छ । राष्ट्रपति मागुफुलीले दक्षिण अफ्रिकासँग आर्थिक सहयोगका विविध क्षेत्रमा मिलेर सहकार्य गर्न आफ्नो मुलुक तयार रहेको पनि बताउनुभएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसासँगको द्विपक्षीय वार्ताका क्रममा राष्ट्रपति मागुफुलीले दक्षिण अफ्रिकाका व्यापारिक समुदायलाई आफ्नो मुलुकमा लगानीका निम्ति अनुकूल अवस्था सिर्जना गरिदिन पनि अफ्रिकी राष्ट्रपति समक्ष आग्रह गर्नुभएको थियो । तान्जानियालाई आगामी सन् २०२५ सम्ममा मध्य आययुक्त मुलुक बनाउने योजना सफल बनाउन दक्षिण अफ्रिकाको सहयोग पनि अति जरुरी रहेको त्यस अवसरमा राष्ट्रपति मागुफुलीले बताउनुभएको थियो । दक्षिण अफ्रिकासँग रहेको नवीन औद्योगिक प्रविधिलाई तान्जानियामा पनि विस्तार गर्न सकिने उहाँको भनाई छ ।

“दक्षिण अफ्रिकी लगानीकर्ताहरुसँग औषधि उत्पादन र खनिज प्रशोधनमा व्यापक क्षमता छ । यी उद्योग तान्जानियामा स्थापना गर्नेगरी हामी जस्तोसुकै सहयोग गर्न तत्पर छौं,” राष्ट्रपतिले भन्नुभयो । त्यस अवसरमा राष्ट्रपति मागुफुलीले आफ्नो मुलुकको प्रचूर संभावनायुक्त पर्यटन क्षेत्रमा लगानी बढाउन र बढीभन्दा बढी अफ्रिकी पर्यटकलाई स्वागत गर्न आफ्नो मुलुक तत्पर रहेको बताउनुभएको थियो । दक्षिण अफ्रिकामा बर्सेनि एक करोड पर्यटक आउँछन् भने तान्जानियामा करिब १५ लाख पर्यटकले भ्रमण गर्दछन् । हाल तान्जानियामा उत्पादित निकासीयोग्य सामग्रीमध्ये करिब ७० प्रतिशत दक्षिण अफ्रिका निकासी हुन्छ । पछिल्ला वर्ष यी दुई मुलुकबीचको व्यापार वृद्धि बढ्दै गएको छ । एक तथ्याँक अनुसार सन् २०१८ मा दुई मुलुकबीचको व्यापार करिब एक अर्ब अमेरिकी डलर थियो । दुई राष्ट्रपतिको वार्ताका क्रममा दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाले तान्जानियामा हाल २२८ वटा अफ्रिकी कम्पनी कार्यरत रहेका र त्यहाँ २१ हजारभन्दा बढीले रोजगारी पाइरहेको बताउनुभयो ।

उहाँले तान्जानियामा दक्षिण अफ्रिकी लगानी बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै तान्जानियाका लगानीकर्तालाई पनि दक्षिण अफ्रिकामा लगानीका लागि आमन्त्रण गर्नुभयो । तान्जानियाले पछिल्ला वर्षमा खाद्य उत्पादनमा गरिरहेको प्रगति निकै सन्तोषजनक रहेको चर्चा गर्दै राष्ट्रपति रामाफोसाले तान्जानियाबाट खाद्य सामग्री खरिदलाई निरन्तरता दिइने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ ।.....

वासिङटन, २८ असोज (रासस ÷एएफपी) : सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै.....

२८ असोज (रासस÷सिन्हवा) : दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक कारखाना विस्फोटमा परी चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np