सुडानका विपक्षीद्वारा प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोकको नाम प्रस्ताव

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार ०७:४१   सम्पादक: admin

खार्तुम, ३१ साउन (रासस-सिन्ह्वा) – अफ्रिकी मुलुक सुडानका विपक्षीहरुले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरुका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् । अब्दल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट सर्वसम्मत रुपमा चयन गरिएको हो । सुडानी पेशाकर्मी संघले एक विज्ञप्ति जारी गरी डा अब्दल्ला हाम्डोकको नाम सर्वसम्मत रुपमा चयन गरिएको जनाएको छ । सुडानी सेना र आन्दोलनकारी पक्षबीच नयाँ सङ्क्रमणकालीन सरकार तीन वर्ष तीन महिना सञ्चालन गर्ने यसअघि सहमति भएको थियो । खार्तुम विश्वविद्यालयबाट बिएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ट अधिकारीका रुपमा कार्य गरिसक्नु भएको छ । सन् १९९० को दशकमा हाम्डोकले निजी कम्पनीका साथै जिम्बाब्बेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ट अधिकारीका रुपमा काम गर्नुभएको थियो । उहाँसँग आइभरीकोष्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव छ । सन् २०१८ सेप्टेम्बरमा हाम्डोकलाई पूर्व राष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रुपमा प्रस्ताव गर्नुभएको थियो, तर उहाँले बासिरको प्रस्तावलाई अस्वीकार गर्नुभएको थियो ।

विपक्षी गठबन्धन र संक्रमणकालीन सैनिक परिषद (टीएमसी) ले शनिबार विशेष कार्यक्रमबीच राजनीतिक एवं संवैधानिक व्यवस्थाका बारेमा घोषणा हुनेछ । आगामी सोमबार सम्झौता बमोजिम नयाँ सरकारले सपथ ग्रहण गरेसँगै संक्रमणकालीन सैनिक परिषद विघटन हुनेछ । प्रधानमन्त्रीको आगामी अगष्ट २० तारिखमा नियुक्त हुने र त्यसको भोलिपल्ट सपथ गर्नुहुनेछ । त्यसपछि अगष्ट २८ मा नयाँ सरकारका मन्त्रीहरुको नाम सार्वजनिक गरिनेछ । संविधान बमोजिम गठन हुने सार्वभौम परिषदमा ११ जना सदस्य रहनु हुनेछ जसमा पाँच जना नागरिक तहबाट, पाँच जना सैनिक र एक जना मनोनीत हुनेछन् । मन्त्रिपरिषदमा २० जना हुनेछन् जसमा रक्षा र गृहमन्त्री बाहेक फ्रिडम एन्ड चेन्ज एलायन्सबाट मनोनीत गरिनेछन् । यी दुई मन्त्रालयको जिम्मेवारी सेनाले लिनेछ ।

तपाईको प्रतिक्रिया

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी.....

काबुल, १ भदौ (रासस-एएफपी) – युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार.....

चुरियामाई, ३० साउन (रासस) : प्रदेश नं ३ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले आफू सधैँ श्रमजीवी.....

वासिङ्टन, २ भदौ (रासस-एपी) – संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी.....

क्वालालम्पुर, २ भदौ (रासस-सिन्ह्वा) : मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको.....

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np