फोहोर व्यवस्थापनमा सुधार नआएपछि अष्ट्रेलियाली प्रधानमन्त्री रुष्ट

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार १०:०५   सम्पादक: admin

सिड्नी, २८ साउन (रासस-सिन्ह्वा) : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनप्र्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गर्नुभएको छ । प्लाष्टिकको पुनप्र्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उहाँ रिसाउनु भएको अधिकारीहरुले जनाएका छन् । उहाँले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गर्नुभयो । सिड्नीमा उहाँले बुधबार यो कोषसहितको परियोजनाको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाको फोहोर नष्ट गर्ने उद्योगहरु बन्द गर्ने आदेशको आवश्यकता भएको पनि बताउनु भयो । “हामीले आफ्ना सन्तान र हामी आफँैलाई पनि प्लाष्टिकको बोतल छुट्टै एकै ठाउँमा राख्नु पर्छ भन्नु पर्ने भएको छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री मोरिसनले थप्नुभयो, “एक पटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्रीहरु फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्ने छ ।” अष्ट्रेलियाबाट हरेक बर्ष १५ लाख टन कवाडी सामानहरु अन्य देश पठाइने गरेको छ । त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्रीहरु रहेको उहाँले बताउनुभयो । “फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,” प्रधानमन्त्री मोरिसनले भन्नुभयो । अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

तह्रो दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।.....

मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले आज यहाँ.....

प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार.....

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई.....

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से.....

(Xinhua) -- Chinese stocks closed mixed Wednesday, with the benchmark Shanghai Composite Index up 0.24 percent at 2,924.42 points. The Shenzhen Component Index closed 0.64 percent lower at 9,852.7 points. The combined turnover of stocks covered by the two indices stood at 466.58 billion yuan.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np