पशुपतिमा धार्मिक महत्वका बिरुवा रोपण

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार ०९:४१   सम्पादक: admin

पशुपतिनाथ मन्दिर क्षेत्रमा पर्ने श्लेषमान्तक (मृगस्थली) वनमा धार्मिक महत्वका बिरुवा रोपिएको छ । प्राकृतिक संरक्षण समाजको अगुवाइमा सोमबार २१ प्रजातिका धार्मिक बिरुवा रोपिएको हो । समाजले प्रदूषणविरुद्धको अभियानलाई सार्थक र परिणाममुखी बनाउनलाई ‘स्वच्छ, सफा र हराभरायुक्त वातावरण भावी पुस्तालाई हस्तान्तरण’ अभियानअन्तर्गत पशुपति क्षेत्रमा वृक्षरोपण गरिएको जनाएको छ । समाजका अध्यक्ष कुमार कटवालले पशुपति क्षेत्रमा विभिन्न धार्मिक प्रजातिका एक हजार आठ बिरुवा रोपिने जानकारी दिनुभयो । तीनदेखि पाँच वर्षभित्रमा सबै बिरुवा रोप्ने हाम्रो लक्ष्य हो । पहिलो चरणअन्तर्गत २१ बिरुवा रोपियो, आगामी भदौ २३ गते दोस्रो चरणमा थप बिरुवा रोप्ने काम हुन्छ । उहाँले भन्नुभयो, “हामीले पशुपति क्षेत्रमा रोपिएको बिरुवा बाँदरले भत्काउने भएको हुँदा बिरुवा रोप्नेभन्दा पनि संरक्षणमा बढी जोड दिएका छौँ । रोपेको बिरुवा बाँदरले फाल्न नसकोस् भनेर वरपर सिस्नो लगाइएको छ ।” पहिलो चरणअन्तर्गत सोमबार गरिएको वृक्षरोपणमा रुद्राक्ष, बेल, कपूर, वर, पीपल, काव्रो, स्वामी, जामुनो, अमला र चाप लगायतका बिरुवा रोपिएको छ ।

समाजले देशव्यापी रुपमा एक लाख आठ हजार रुद्राक्षको बिरुवा रोप्ने तयारी गरेको छ । स्थानीय तहसँग साझोदारी गरी इच्छुक किसानलाई बिरुवा वितरणको तयारी गरिएको समाजका सचिव होमबहादुर भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले शहरी क्षेत्रलाई प्राथमिकतामा राखेर एक घर एक कागतीको बिरुवा वितरणको तयारीसमेत गरेको छ । कौसी खेती विस्तारको अवधारणअन्तर्गत पाँच लाख बिरुवा वितरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । विसं २०६४ मा स्थापना भएको प्राकृतिक संरक्षण समाजले मानव स्वास्थ्य र हरित पर्यावरणको क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममा प्राकृतिक संरक्षण समाजका संरक्षक नेपाली सेनाका अवकाश प्राप्त सेनापति रुक्माङ्गत कटवाल, समाजका सल्लाहकार नेपाल प्रहरीका एसएसपी रमेश खरेल, पशुपतिनाथ सेवक सङ्घका अध्यक्ष केदारमान भण्डारीलगायतको उपस्थिति रहेको थियो । मृगस्थलीमै भूसंरक्षण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडौँ, न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा वृक्षरोपण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी.....

काबुल, १ भदौ (रासस-एएफपी) – युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार.....

चुरियामाई, ३० साउन (रासस) : प्रदेश नं ३ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले आफू सधैँ श्रमजीवी.....

(AFP) - The Iranian oil tanker at the centre of a diplomatic dispute has departed from Gibraltar after the British overseas territory rejected a US demand to seize the vessel. According to the monitoring website Marine Traffic, the supertanker -- which had been detained since July 4 off the coast.....

(AP) - A number of U.S. business economists appear sufficiently concerned about the risks of some of President Donald Trump's economic policies that they expect a recession in the U.S. by the end of 2021. Thirty-four percent of economists surveyed by the National Association for Business Economics,.....

(Xinhua) -- Thirteen people died and 20 others were injured when a container trailer collided with a state transport bus at Nimgul in India's western state of Maharashtra, 391 km from Mumbai on 10:30 p.m. local time Sunday night, police official said. The injured have been admitted to the hospital,.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np