मुहान क्षतिग्रस्त भएपछि खानेपानी अभाव

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार ०७:४०   सम्पादक: admin

–विनोदसिंह विष्ट बाढीपहिराले खानेपानी वितरण गरिने पाइप बगाउँदा बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पिउने पानीको समस्या भएको छ । पानी वितरण गर्ने पाइप लाइन र मुहान पहिराले क्षतिग्रस्त भएपछि खानेपानीको समस्या भएको हो । खानेपानी नहुँदा सर्वसाधारण समस्यामा छन् । “खोलाको धमिलो पानी पिउनुपरेको छ”, स्थानीयवासी प्रेम बोहराले भन्नुभयो, “बाढीपहिराले पानीको मुहान बगाएकाले पानीसमेत खान पाइएको छैन ।” शुद्ध पानी पिउन नपाउँदा झाडापखलाले पहिरोपीडितलाई सताएको उहाँको भनाइ छ । “पहिराले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको हो”, स्थानीय भानबहादुर बोहराले भन्नुभयो, “आधा घण्टाको दूरीमा रहेको खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता छ । खोलाबाट ल्याएको पानी पिउनाले गाउँमा विभिन्न रोगको जोखिमसमेत बढ्दै गएको छ ।” पहिराले स्थानीयवासीका घरखेतमा क्षतिसमेत पुरयाएका छन् । पहिराले करिब १० वटा पानी घट्टको कुलो बगाउँदा कुटानीपिसानीका लागिसमेत समस्या भएको स्थानीवासी बताउँछन् । सतबाँझ श्रीभावर सडकअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म काटिएको सडकले ६ घरपरिवारलाई विस्थापित गरेको छ भने २५ परिवार पहिरोको जोखिममा छन् ।

पाँच परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिराको उच्च जोखिममा रहेका पाँच परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घर नजिकै सडक भत्किँदा पहिरो खसेपछि उच्च जोखिममा रहेका पाँच परिवारलाई छिमेकीको घरमा सारिएको सुर्नया गाँउपालिका– ८ का अध्यक्ष आनन्दसिंह बोहराले बताउनुभयो । अध्यक्ष बोहराका अनुसार सुर्नयाकै वडा नम्बर ६ मा रहेको शंकरपुर प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो । अम्मरसिंह बोहरा, लालबहादुर बोहरा, डम्मर बोहरा, रामसिंह बोहरा र धौलसिंह बोहराको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बोहराले जानकारी दिनुभयो । सतबाँझ श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म काटिएको सडकमा पहिरा खस्दा २३ परिवार अझै जोखिममा रहेका वडाध्यक्ष बोहराले बताउनुभयो । भिरालो जमीन भएकाले सडकमा खनिएको माटो र पहिराका कारण बस्तीमा समस्या निम्त्याएको हो । पानी पर्ने बित्तिकै फेरि क्षति पुग्ने हो कि भनेर स्थानीय बासिन्दा चिन्तित बनेका प्रेमबहादुर बोहराको भनाइ छ । पहिराले स्थानीयवासीको खेतबारीमा नोक्सानी पु¥याएको छ । पहिरापीडितलाई राहत वितरण पहिरापीडित बैतडीको सुर्नया गाउँपालिका–८ को मल्लोढोलेका स्थानीयवासीलाई आइतबार राहत वितरण गरिएको छ । सडकबाट खसेको पहिराले विस्थापित भएका पाँच परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले तत्कालिक राहत वितरण गरेको हो ।

अम्मरसिंह बोहरा, धौलसिंह बोहरा, लालबहादुर बोहरा, महावीर बोहरा र डम्मर बोहराको परिवारलाई राहत वितरण गरिएको रेडक्रस बैतडीका मन्त्री रमेश भण्डारीले जानकारी दिनुभयो । प्रभावित परिवारलाई त्रिपाल, कम्बल, भाँडाकुँडालगायत गैरखाद्य राहत वितरण गरिएको हो । पहिराले घरमा क्षति पुरयाएपछि पाँचै परिवार अहिले छिमेकीको घरमा बसिरहेका छन् । पहिराबाट रमेश बोहराको परिवार पनि प्रभावित भएकाले उहाँको परिवारलाई पनि राहतका लागि पहल गर्ने रेडक्रस बैतडीले जनाएको छ । यसैबीच पहिरा प्रभावित मल्लोढोलेमा गाउँपालिका, प्रहरी र रेडक्रसको टोलीले संयुक्त रुपमा अनुगमन गरेको छ । सतबाँझ–श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्मको सडकका कारण खसेको पहिराले ६ परिवारलाई विस्थापित गरेको र अन्य २३ भन्दा बढी परिवार पहिराको जोखिममा रहेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । सडककै कारण ६ परिवार प्रभावित भएकाले उनीहरुको व्यवस्थापनका लागि सबै सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्ने अध्यक्ष विष्टको भनाइ छ ।

तपाईको प्रतिक्रिया

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी.....

काबुल, १ भदौ (रासस-एएफपी) – युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार.....

चुरियामाई, ३० साउन (रासस) : प्रदेश नं ३ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले आफू सधैँ श्रमजीवी.....

(AFP) - The Iranian oil tanker at the centre of a diplomatic dispute has departed from Gibraltar after the British overseas territory rejected a US demand to seize the vessel. According to the monitoring website Marine Traffic, the supertanker -- which had been detained since July 4 off the coast.....

(AP) - A number of U.S. business economists appear sufficiently concerned about the risks of some of President Donald Trump's economic policies that they expect a recession in the U.S. by the end of 2021. Thirty-four percent of economists surveyed by the National Association for Business Economics,.....

(Xinhua) -- Thirteen people died and 20 others were injured when a container trailer collided with a state transport bus at Nimgul in India's western state of Maharashtra, 391 km from Mumbai on 10:30 p.m. local time Sunday night, police official said. The injured have been admitted to the hospital,.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np