‘तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग’

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार १२:४१   सम्पादक: admin

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग भइरहेको बताउनुभएको छ । फोर एच नेपालको संयोजनमा आज यहाँ आयोजित ‘एशियाली कृषि सम्मेलन तथा प्रदर्शनी २०१९’ का अवसरमा कृषिमन्त्री खनालले नेपालसँग हालसम्म यूरिया मल उत्पादन गर्ने क्षमता विकास नभएको र सो मल उत्पादन गर्न रु एक खर्ब नौ लाख खर्च गर्नुपर्ने बताउनुभयो । उहाँले चालू आव २०७६÷७७ मा रासायनिक मल खरीदका लागि मन्त्रालयले रु १६ करोड बजेट विनियोजन गरिसकेको जानकारी गराउनुभयो । नेपालमा सात लाख मेट्रिकटन रासायनिक मल प्रयोग हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाल नेपालको ४२ प्रतिशत जमीन बाँझो रहेकाले त्यसलाई प्रयोगमा ल्याउन युवा लक्षित कार्यक्रम अघि बढाएका छौँ ।” यसैगरी कृषि मन्त्रालयले नेपालमा उत्पादन हुने तरकारी र फलफूलमा प्रयोग भएका विषादीको जाँचका लागि रु १५ करोड बजेटसहित तीन प्रयोगशाला स्थापना गर्ने योजना अघि बढाइएको उहाँले जानकारी गराउनुभयो । मन्त्रालयका अनुसार नेपालले विसं २०७१ देखि तरकारी र फलफूलमा प्रयोग भएका विषादीको परीक्षण गर्न शुरुआत गरेको हो । नेपालमा हाल १६९ विषादी प्रयोग हुने गरेका छन् । नेपालको तराई क्षेत्रमा बढी विषादीको प्रयोग भएका तरकारी उत्पादन भएको बताइन्छ । चालू आवमा मन्त्रालयले कृषिमा युवा कार्यक्रमलाई अघि बढाउन रु ५० लाख बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले सो परियोजनामार्फत हाल नेपालमा रहेका ६६ प्रतिशत किसानलाई २५ प्रतिशतमा झारेर बाँकीलाई अन्य काममा लगाउने योजना अघि सारेको मन्त्री खनालले बताउनुभयो । प्रतिनिधिसभा, कृषि ,सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले समितिले किसानले उत्पादन गरेका अन्न उनीहरु आफँैले खान पाउनुपर्ने नीति बनाउन लागि परेका जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा कृषिको वृहत सम्भावना रहेकाले युवालाई यसमा आत्मनिर्भर भएर राज्यसँग रोजगार प्राप्तिमा परनिर्भर बनाउँदै लानुपर्छ ।” ललितपुर महानगरपालिकाका उपप्रमुख गिता सत्यालले सरकारले कृषिमा युवालाई आकर्षित गराउन भूमि नीति बनाउनु जरुरी रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “शिक्षित युवाले आधुनिक कृषिको विधि अपनाएर अघि बढेमा विषादी प्रयोग भएका तरकारी र फलफूल आयातमा रोक लाग्ने थियो ।”

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नारायणप्रकाश साउदले नेपाललाई कृषिका माध्यमबाट अघि बढाउन सिँचाइ, उन्नत जातको बीउबिजन र दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभयो । सरकारले समयमै विषादी परीक्षणको पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन तथा कृषि वैज्ञानिक डा अजयकुमारले नेपालका किसानलाई उपयुक्त मात्रामा विषादी प्रयोग गर्न अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी.....

काबुल, १ भदौ (रासस-एएफपी) – युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार.....

चुरियामाई, ३० साउन (रासस) : प्रदेश नं ३ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले आफू सधैँ श्रमजीवी.....

वासिङ्टन, २ भदौ (रासस-एपी) – संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी.....

क्वालालम्पुर, २ भदौ (रासस-सिन्ह्वा) : मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको.....

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np