चितवनमा ९० प्रतिशत रोपाइँ

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार १०:०९   सम्पादक: admin

सतह सिँचाइ भरपर्दो नहुँदा जिल्लामा अझै १० प्रतिशत रोपाइँ हुन सकेको छैन । कृषिज्ञान केन्द्र भरतपुरका अनुसार अघिल्लो वर्ष यतिबेला ९८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ९० प्रतिशत मात्र रोपाइँ भएको हो । जिल्लामा २८ हजार ६०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा २५ हजार ८०० हेक्टरमा मात्र धान रोपाइँ भएको कृषिज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख श्रेष्ठका अनुसार जिल्लाका चारवटा स्थानीय तहमा रोपाइँ शतप्रतिशत भएको भए पनि अन्य तीन वटा तहमा पानीको अभावका कारण लक्ष्य अनुसारको रोपाइँ हुन नसकेको हो । भरतपुर महानगरपालिकामा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । महानगरमा अहिलेसम्म ८० प्रतिशत मात्र रोपाइँ भएको श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कालिका नगरपालिकामा ९६ प्रतिशत, ईच्छाकामना गाउँपालिकामा ९० प्रतिशत मात्र रोपाइँ भएको छ । रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकामा भने शतप्रतिशत भएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरका अधिकांश क्षेत्रमा सतह सिँचाइ गर्नुपर्ने भएकाले रोपाइँ कम भएको हो । यस क्षेत्रमा खगेरी नहर र नारायणी लिफ्टबाट प्रर्याप्त मात्रामा पानी नजाँदा रोपाइँ कम भएको प्रमुख श्रेष्ठले बताउनुभयो ।पश्चिम चितवनको खेतीयोग्य जमीनमा नारायणी लिफ्टले चार हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ भने अन्य क्षेत्रमा खगेरी सिँचाइको पानी प्रयोग हुने गरेको छ । कार्यालयका बाली विकास अधिकृत माधव पौडेलले रोपाइँ कम भएसँगै उत्पादनमासमेत कमी आउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

तह्रो दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।.....

मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले आज यहाँ.....

प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार.....

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई.....

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से.....

(Xinhua) -- Chinese stocks closed mixed Wednesday, with the benchmark Shanghai Composite Index up 0.24 percent at 2,924.42 points. The Shenzhen Component Index closed 0.64 percent lower at 9,852.7 points. The combined turnover of stocks covered by the two indices stood at 466.58 billion yuan.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np