जर्सी गाईमा रोग फैलियो

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार १०:०५   सम्पादक: admin

दिपायल सिलगढी नगरपालिका–४ को स्थानीय ‘तेडी निमउने’ गाईपालन समूहका किसानलाई निःशुल्क वितरण गरिएका जर्सी गाईमा रोग फैलिएको छ । केही दिन पहिले सात किसानलाई पूर्ण अनुदानमा उपलब्ध गराईएका ती जर्सी गाई बिरामी भएपछि अहिले उनीहरू तनाबमा छन् । जर्सी गाईले भने अनुसारको दूध दिनाको साटो बिरामी पर्दै मर्न थालेकाले उनीलाई यस्तो समस्या आइपरेको स्थानीयवासी दिलबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै गाईले २० लिटरसम्म दूध दिन्छ भनेर हामीलाई दिए, बुढा गाई फेला पा¥यो, गाईले दूध दिनाको साटो मर्नथालेपछि हामी त हैरान भयौँ ।” अर्का स्थानीयवासी धौलीदेवी कठायतले भन्नुभयो,“जर्सी गाई पायौं, दूध बेचेर आम्दानी गरौला भनेको त उल्टै गाई बिरामी परेर औषधि गर्दैमा पैसा सकिने भयो ।” त्यहाँका अधिकांश किसानले नगरपालिकाबाट गाई बुझेकै दिनदेखि बिरामी परेको बताएका छन् । “गाईको पाठेघर कुहिएको बताइएको छ । पिसबबाट कीरासहितको पीप खस्न थालेकाले घरै गन्हाउने भएको छ” उक्त गाईपालन समूहका अध्यक्ष हीरा कठायतले भन्नुभयो, “कुन ठाउँका रोगी गाई हाम्रो फेला पारे रोगी गाई गनाएर गाउँ नै दुर्गन्धित बनाए ।” बिरामी तथा रोग लागेका ती गाईलाई जति औषधि गर्दासमेत निको नहुने गरेको उनीहरू बताउँछन् ।

नगरपालिकाले बोलपत्र गरेर प्रतिगाई रु ७५ हजारका दरले नगरक्षेत्रका २० किसानलाई हस्तान्तरण गरेको पशुसेवा इकाइका अधिकृत डिलबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो,“नगरपालिकाले बोलपत्र गरेर कञ्चनपुर बेलौरीको सिद्धबाबा गाईभैँसीपालन फार्मबाट सो गाई आयात गरेको र गाई राम्रै आएको आफूले जानकारी पाएको थिए, अहिले के भयो थाहा भएन ।” ती गाईको मूल्य रु १५ लाख पर्ने जनाइएको छ । किसानको स्याहारसुसार र गोठ व्यवस्थापन नमिलेकाले गाई बिरामी परेको र दूध नदिने समस्या भएको हुनसक्ने पशुसेवा इकाइका अधिकृत डिलबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईलाई आवश्यकपर्ने चिजमा केही कमी कमजोरी भएकाले गाईमा समस्या देखिएको हुनसक्छ, गाई त राम्रै हुन् ।”

ती गाईमध्ये एक बाँच्छो शुक्रबार मरिसकेको र टोलभरीका सबै गाई बिरामी परेको सम्बद्ध किसानको जिकिर छ । उता गाई आपूर्तिकर्ता सिद्धबाबा गाई भैसी फर्मका सञ्चालक हीरासिंह विष्टले नगरपालिकाको सम्झौता अनुसारकै गाई आफूले आई आपूर्ति गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको माग अनुसारका गाई भारतको बरेली र हरियाणाबाट झिकाएर पु¥याएको हूँ, अहिले त्यता के भएको छ मलाई थाहा भएन् ।” दूध बेच्नका लागि ल्याइएका गाई नै समस्या बन्न थालेपछि स्थानीय किसान दुखी भएका छन् ।

तपाईको प्रतिक्रिया

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी.....

काबुल, १ भदौ (रासस-एएफपी) – युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार.....

चुरियामाई, ३० साउन (रासस) : प्रदेश नं ३ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले आफू सधैँ श्रमजीवी.....

वासिङ्टन, २ भदौ (रासस-एपी) – संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी.....

क्वालालम्पुर, २ भदौ (रासस-सिन्ह्वा) : मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको.....

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np