बकुलहर अस्पतालमा अन्तरङ्ग सेवा

प्रकाशित मिति: २६ श्रावण २०७६, आईतवार ०८:५३   सम्पादक: admin

पूर्वी चितवनमा रहेको सरकारी बकुलहर रत्ननगर अस्पतालमा भदौबाट बिरामी भर्ना सुविधा दिइने भएको छ । पन्ध्र श्ययाको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार सो क्षेत्रका बिरामीलाई सुविधा दिलाउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा स्थानीयवासीले धान्याञ्चल महायज्ञ लगाएर निर्माण गरेको एउटा भवन रहेको छ । यसैगरी शान्ति मेड नामक गैरसरकारी संस्थाका डा रुथले हालै रु ६ करोड लगानी गरेर अर्काे भवन बनाइदिनु भएको छ । चर्मरोग विशेषज्ञ डा रुथको नेतृत्वमा अन्य दुई चिकित्सकबाट अस्पतालमा छालाको बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । दैनिक छालाका मात्रै एक सय बिरामी उपचारका लागि आउने गरेको डा बगालेको भनाइ छ । यससँगै दाँत, प्रसूति र बालबालिकालाई लक्षित गरी बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालले ४५ जनाको मिर्गाैलाको डायलासिससमेत गर्दै आएको छ ।

अस्पतालमा प्रसूति सेवासमेत सञ्चालन हुँदैआएको छ । मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको उहाँले जानकारी दिनुभयो । नवजात शिशु उपचार केन्द्रसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको डा बगालेले बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउन पहल गरिएको बताउनुभयो । यस सम्बन्धमा नगर कार्यपालिका बैठकले निर्णय गरी प्रदेशमा पेश गरेको र विभागीय मन्त्रीले निरीक्षणसमेत गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो । कम्तीमा ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति गरी पूर्वी चितवनका जनतालाई सेवा दिलाउन नगरपालिका लागिपरेको उहाँको भनाइ छ । सो क्षेत्रमा रत्ननगरसँगै खैरहनी, राप्ती र कालिका नगरपालिका रहेका छन् । सो अस्पताललाई विस्तार गर्न सके पूर्वी चितवनका चार नगरपालिकावासीलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालमा विरामीको चाप घट्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी.....

काबुल, १ भदौ (रासस-एएफपी) – युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार.....

चुरियामाई, ३० साउन (रासस) : प्रदेश नं ३ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले आफू सधैँ श्रमजीवी.....

(AFP) - The Iranian oil tanker at the centre of a diplomatic dispute has departed from Gibraltar after the British overseas territory rejected a US demand to seize the vessel. According to the monitoring website Marine Traffic, the supertanker -- which had been detained since July 4 off the coast.....

(AP) - A number of U.S. business economists appear sufficiently concerned about the risks of some of President Donald Trump's economic policies that they expect a recession in the U.S. by the end of 2021. Thirty-four percent of economists surveyed by the National Association for Business Economics,.....

(Xinhua) -- Thirteen people died and 20 others were injured when a container trailer collided with a state transport bus at Nimgul in India's western state of Maharashtra, 391 km from Mumbai on 10:30 p.m. local time Sunday night, police official said. The injured have been admitted to the hospital,.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np