राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानसँग खेल्ने

प्रकाशित मिति: २४ श्रावण २०७६, शुक्रबार ११:४३   सम्पादक: admin

आसन्न एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको छ । नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि अभ्यास राम्रो होस् भन्ने उदेश्यले नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने लागेको नेपाल भलिबल सङ्घले जनाएको छ । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते काठमाडौँमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस्तै एभिसी सेन्ट्रल जोन भने आगामी भदौ २ देखि ७ गतेसम्म सञ्चालन हुनेछ । लगनखेलस्थित आर्मीको कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपालसहित साबिक विजेता तुर्कमेनिस्तान, अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी छन् ।

उक्त प्रतियोगिताका लागि नेपालले राष्ट्रिय भलिबल टोलीको घोषणा गरिसकेको छ । जसमा इमबहादुर मगर (कप्तान), धनबहादुर भट्ट क्षेत्री, विशाल विक, टेकराज अवस्थी, हरिबहादुर अधिकारी र दुर्गा खड्का छन् । त्यसैगरी दीपकराज जोशी, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, राजकुमार निरौला, हरिहजुर थापा, कुलबहादुर थापा, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् ।

तपाईको प्रतिक्रिया

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई.....

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको.....

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा.....

एलिस रिची, रोबिन मिलार्ड र फिल ह्याजलउड लन्डन, २७ मङ्सिर (रासस/एएफपी) – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले.....

२७ मङ्सिर (रासस÷सिन्ह्वा) : पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी.....

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ । सत्तारुढ दल नेपाल.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np