एशिया कप खेल्ने टोलीको प्रशिक्षण शुरु

प्रकाशित मिति: २३ श्रावण २०७६, बिहीबार ०९:५१   सम्पादक: admin

अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि शुरु भएको छ । काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो । एक महीना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान बनाएको थियो । नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि मात्र शुरु हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले राससलाई बताउनुभयो । उहाँले एसिसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण शुरु गर्ने स्वीकृति दिएकाले सोही समयमा औपचारिक प्रशिक्षण शुरु गर्ने बताउनुभयो । यसअघि यही साउन २१ गते मङ्गलबारदेखि प्रशिक्षण गर्ने भनिएता पनि एशियन क्रिकेट काउन्सिल (एसिसी) बाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो । एसिसी इस्र्टन रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइने प्रशिक्षक दासको भनाइ छ । आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसिसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । गत असारमा मलेसियामा सम्पन्न इस्र्टन रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो ।

तपाईको प्रतिक्रिया

तह्रो दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।.....

मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले आज यहाँ.....

प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार.....

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई.....

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से.....

(Xinhua) -- Chinese stocks closed mixed Wednesday, with the benchmark Shanghai Composite Index up 0.24 percent at 2,924.42 points. The Shenzhen Component Index closed 0.64 percent lower at 9,852.7 points. The combined turnover of stocks covered by the two indices stood at 466.58 billion yuan.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np