भदौदेखि ‘ई–टिकेटिङ’

प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार ०९:१८   सम्पादक: admin

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताउनुभयो । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, “अबको छ महीनामा योजना तयार हुन्छ र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ”, महानगरप्रमुख जिसीले दक्षिण एशियाली खेलकूद (साग)लाई दृष्टिगत गरेर पोखराका चार वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताउनुभयो । उहाँले आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको जानकारी दिनुभयो ।

ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको छ भन्दै महानगरप्रमुख जिसीले यहाँका केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि बताउनुभयो । । महानगरले उपलब्ध गराएको ४९६ थान ‘ट्राफिक कोण’ ले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जनशक्ति व्यवस्थापनमा ध्यान दिइरहेको बताउनुभयो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १०० ट्राफिक प्रहरी कार्यरत रहे पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २५० जनशक्ति आवश्यक भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी.....

काबुल, १ भदौ (रासस-एएफपी) – युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार.....

चुरियामाई, ३० साउन (रासस) : प्रदेश नं ३ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले आफू सधैँ श्रमजीवी.....

वासिङ्टन, २ भदौ (रासस-एपी) – संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी.....

क्वालालम्पुर, २ भदौ (रासस-सिन्ह्वा) : मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको.....

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np