नगरपालिकामा पहिलोपटक टेलिफोन सेवा

प्रकाशित मिति: ९ भाद्र २०७५, शनिबार ०५:१६   सम्पादक: admin

– लक्ष्मीप्रसाद सापकोटा पर्वत, ९ भदौ (रासस) : जिल्लाको दोस्रो नगरपालिका फलेवासमा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ । सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको फलेवासमा नेपाल टेलिकम पर्वत शाखाले पहिलो पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार गर्न थालेको हो । अहिलेसम्म सिङ्गो नगरपालिकाका बासिन्दा मोवाइल फोनको भर पर्दै आएका थिए । टेलिफोन सेवा नहुँदा एडिएसएल र विभिन्न निजी कम्पनीको इन्टरनेट सेवा प्रयोग हुँदै आएको थियो । स्थानीय व्यवसायीले केही वर्षअघिदेखि ल्याण्डलाइन फोन माग गर्दै आएकामा बल्ल उक्त शाखाले सेवा विस्तारका लागि सबैजसो तयारी पूरा गरिसकेको जनाएको छ । अहिले टावर निर्माण तथा तार बिच्छ्याउने काम भइरहेको र असोजभित्रै सेवा शुरु गरिने शाखाका निमित्त कार्यालय प्रमुख केशवप्रसाद भुसालले जानकारी दिनुभयो । यसअघि नेपाल टेलिकमले कुश्मा, पातीचौर, हुवास र जलजलाका बजार क्षेत्रमा ल्याण्डलाइन सेवा विस्तार गरेकामा महाशिला र विहादी गाउँपालिकामा पनि सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ । पछिल्लो समय एउटै व्यक्तिको हातमा दुईसम्म मोबाइल भए पनि ल्याण्डलाइन नै बढी प्रभावकारी हुने भएकाले स्थानीयबासी, सङ्घसंस्था र नगरपालिकाको समेत मागका आधारमा टेलिफोन विस्तार गर्न थालिएको हो ।

जाँडरक्सी, जुवातास, गाँजा मुक्त वडा बनाइँदै यहाँको एक विकट वडालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त बनाइने भएको छ । सभ्य समाज निर्माण गर्ने उद्देश्यले महाशिला गाउँपालिका– ३ बालाकोटलाई मदिरा र जुवातासमुक्त वडा बनाउन लागिएको हो । आगामी असोज १ गते गाँजा, जाँडरक्सी र जुवातासमुक्त घोषणा गर्ने गरी तयारी भइरहेको वडाध्यक्ष रोशन गुरुङले जानकारी दिनुभयो । ‘गाँजा, रक्सी, जुवातास, गर्छ यसले सर्वनास’ भन्ने मूल नाराका साथ गाउँमा यस्ता पदार्थ बिक्री वितरण तथा उत्पादन र सेवनमा रोक लगाउन अहिले गाउँका सबै टोलमा जनचेतना जगाउने काम भइरहेको छ । प्रत्येक घरधुरीमा पुगेर अवैधरूपमा मदिरा उत्पादन, सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको छ । पहिलो चरणमा सबै नागरिकसम्म जनचेतना फैलाउने र नियन्त्रण भएपछि सो घोषणा गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सामाजिक विकृति तथा हिंसाका घटना अन्त्य गर्नका लागि स्थानीय प्रहरी चौकी र वडा कार्यालयको संयोजनमा पूर्णरूपमा मादक पदार्थ तथा जुवा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

पुरै बालाकोटबासी सक्रिय भएको यो अभियानमा महाशिला गाउँपालिकाले पनि सहयोग गर्ने भएको छ । समाजमा जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने गाउँपालिकाकाअध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार “गाउँपालिकाअन्तर्गतका छ वटै वडामा यो अभियान चलाइने छ । गुरुङ, मगरलगायतको जनजातिको बाहुल्यता रहेको यो वडामा घरेलु मदिरा उत्पादन तथा सेवनबाट घरेलु हिंसा र अपराधिक क्रियाकलाप बढ्न थालेपछि यस्तो अभियान थालिएको स्थानीयको भनाइ छ । वडाध्यक्षको संयोजकत्वमा अहिले घरदैलो अभियान थालिएको छ । अभियानमा स्थानीयबासीले पनि सहभागिता जनाएका र सबै वडाबासी सकारात्मक देखिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई.....

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

भक्तपुर, ५ माघ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np