चिनियाँहरू नुहाउने वेलामा मोवाइल फोनबाट सेवा लिन्छन् :अध्ययन

प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार १३:१०   सम्पादक: admin

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ । छालाको स्याहारका लागि विभिन्न सामान उत्पादन गर्ने एक कम्पनीद्वारा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार मोबाइलको प्रयोग गर्ने झण्डै ९० प्रतिशत चिनियाँहरूले आफू नुहाउन स्नानकक्षमा प्रवेश गर्दासमेत आफ्नो फोन साथैमा लाने बानी रहेको छ । उनीहरूले स्नानकक्षमा फोनबाट म्यूजिकका वाबजूत भिडियो हेर्ने, श्रब्य किताब वा पाठ्यक्रम पनि सुन्ने र अध्ययन गर्ने गरेका उक्त अध्ययनले देखाएको बताइएको छ । स्नानकक्षमा फोनको सेट लानेमध्ये १८.१४ प्रतिशत व्यक्तिले आफूहरूको फोन अर्काले नचलाओस् वा नहेरोस् भन्नका लागि सँगै लैजाने गरेको बताएका छन् भने ९ दशमलव १५ प्रतिशतले नुहाउँदासमेत फोनमार्फत् आफ्ना कामलाई निरन्तरता दिने गरेको बताएका छन् । रिपोर्ट अनुसार अधिकांश चिनियाँहरूका लागि नुहाउने समय राति १० बजेपछि रहने गरेको छ । अत्यधिक चिनियाँहरूले राति अवेरमात्र नुहाउन मन पाराउने गर्छन् भने बेलुका १० बजेभन्दा पछि नुहाउने चिनियाँको सङ्ख्या ३८ दशमलव ४५ रहेको छ ।

चीनमा स्मार्ट फोन वा यस किसिमका सामग्रीसँग आजभोलि अत्यधिक चिनियाँले समय विताउने गरेका पनि अध्ययनले देखाएको छ । भिडियो तथा टेलिभिजन कार्यक्रमहरू हेर्नेे, विद्युतीय खेलहरू खेल्ने, सामाजिक सञ्जालमा सन्देश आदानप्रदान गर्ने काममा समय खर्चिएका कारण अधिकांशको नुहाउने समय राति अवेरका लागि पुग्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । अध्ययन प्रतिवेदन मोबाइल प्रयोग गर्ने दुई हजार ४०० व्यक्तिसँग गरिएको प्रश्नावलीका आधारमा गरिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई.....

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको.....

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा.....

संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै.....

एलिस रिची, रोबिन मिलार्ड र फिल ह्याजलउड लन्डन, २७ मङ्सिर (रासस/एएफपी) – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले.....

२७ मङ्सिर (रासस÷सिन्ह्वा) : पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np