मूर्ति तोडफोड

प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार ०७:१६   सम्पादक: admin

राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पुरयाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ । मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । उहाँले रातिको समयमा एकै प्रकृतिले मूर्ति तोडफोड गरेर क्षतविक्षत बनाइएको र यो घटना नियोजित तथा सुनियोजित रुपले भएको आशङ्का गर्नुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको बताउनुभयो । प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागको डिभाइडरमा वैशाख १ गतेदेखि बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने अभियान शुरु गरेको हो । हालसम्म जोगिकुटीदेखि मङ्गलापुरसम्मको क्षेत्रमा २० वटा मूर्ति स्थापना गरिसकेको छ । सिक्स लेन सडकमा हरियाली प्रवद्र्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटन आकर्षित गर्न सडकमा बुद्धमूर्ति स्थापना गर्ने कार्यक्रमअन्तर्गत मूर्ति स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई.....

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको.....

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा.....

संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै.....

एलिस रिची, रोबिन मिलार्ड र फिल ह्याजलउड लन्डन, २७ मङ्सिर (रासस/एएफपी) – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले.....

२७ मङ्सिर (रासस÷सिन्ह्वा) : पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np