बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार ०६:०८   सम्पादक: admin

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुग्नुभएका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो । “अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्”, सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, “यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस् ।” अरु सबै राजनीतिक दल, सरकारी निकाय र दातृ संस्थाबाट पनि आफुले यस्तै सेवाको अपेक्षा राखेको देउवाको भनाइ छ । पीडितको नाम नै सङ्कलन गर्दा पनि कतिपय ठाउँमा तलमाथि भएको गुनासो आपूmसमक्ष आएको बताउँदै सभापति देउवाले त्यस्ता गुनासा आउन नदिन सबै दलका कार्यकर्ताले उदार बन्नुपर्ने सुझाव दिनुभयो ।

आपूm विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएकाले अहिले राजनीतिक कुराबारे जिज्ञासा नराख्न पार्टी कार्यकर्ता र सञ्चारकर्मीलाई देउवाले पहिले नै आग्रह गर्नुभएको थियो । सभापति देउवाको निरीक्षण टोलीमा काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुङ्गाना र पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेताहरु सम्मिलित हुनुहुन्छ । सभापति देउवाको आज बाढी र डुबानबाट अतिप्रभावित औरही नगरपालिकाको श्रीपुर, पिपरा गाउँपालिका र जिल्ला सदरमुकाम जलेश्वर पुग्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस महोत्तरीका सभापति रायले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई.....

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको.....

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा.....

एलिस रिची, रोबिन मिलार्ड र फिल ह्याजलउड लन्डन, २७ मङ्सिर (रासस/एएफपी) – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले.....

२७ मङ्सिर (रासस÷सिन्ह्वा) : पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी.....

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ । सत्तारुढ दल नेपाल.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np