बाढीपीडितको उद्धारमा जुट्न निर्देशन

प्रकाशित मिति: २९ असार २०७६, आईतवार १३:१२   सम्पादक: admin

अनेरास्ववियुले राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । आज अनेरास्ववियुका संयोजक ऐन महरले केही दिनदेखि जारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी र पहिरोले जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । संयोजक महरले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न अनेरास्ववियुका सबै तहका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई आग्रह गर्नुभएको छ । “विपद्को यस घडीमा सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई कुनै कसर बाँकी नराखी एकीकृत रुपमा प्रभावकारी ढङ्गले राहत र उद्धारमा जुट्न अपिल गर्दैछौँ” विज्ञप्तिमा उल्लेख छ । संयोजक महरले सीमा क्षेत्रमा कयौँ ठाउँमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको बाँधका कारण वर्सेनी नेपाली भूभाग डुबानमा पर्ने गरेको तथ्यलाई दृष्टिगत गरी कूटनीतिक रुपमा समस्याको समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np