बेलायती तेल ट्याँकरमा आक्रमण गरिएको छैन – इरान

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार १०:५७   सम्पादक: admin

तेहरान, २६ असार (रासस-एएफपी) – इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ । इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ । बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीन वटा इरानी डुङ्गामा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्याँकरमा आक्रमण प्रयास गरेको दाबी गरेको थियो । बेलायती युद्धपोत एचएमएस मोन्ट्रोजले इरानी आक्रमणलाई निस्तेज बनाएको पनि बेलायतको भनाई छ । विदेशी जहाजलाई नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले कुनै पनि विदेशी जहाजलाई “तत्कालै, निर्णायक र तिब्रता”का साथ गर्न सक्ने इरानले जनाएको छ । जिब्राल्टरको तटीय क्षेत्रबाट गत जुलाई ४ मा इरानी तेल ट्याँकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाब जारी छ ।

करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ग्रेस १ नामको तेल ट्याँकर बेलायती रोयल मरिनको सहयोगमा जिब्राल्टरको भन्सार र प्रहरीले नियन्त्रणमा राखेको छ । इरानी सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै इरानी राष्ट्रपति रौहानीले बेलायतले होर्मुजको जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनी दिनुभएको छ । सोमबार मात्र इरानका रक्षामन्त्रीले बेलायती कदमको प्रतिबाद गरिने बताउनुभएको थियो । इरानी तेल ट्याँकरको नियन्त्रण सामुद्रिक डकैतीको संज्ञा दिँदै इरानका ब्रिगेडियर जनरल अमिर हतामीले यसलाई आफूहरुले कहिल्यै स्वीकार्न नसक्ने र त्यसको प्रतिकार गरेरै छाड्ने चेतावनी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले.....

ANI): After a day-long visit to Tehran, Pakistan Prime Minister Imran Khan will leave for Riyadh today to meet the Saudi leadership to discuss the recent developments in the Gulf region. Khan on Sunday held talks with Iranian President Hassan Rouhani at the Presidential palace about the recent.....

(AFP) - The United States slapped sanctions on Turkey Tuesday as it demanded an end to its deadly incursion against Syrian Kurdish fighters, accusing its NATO partner of putting civilians at risk and allowing the release of Islamic State extremists. The actions came hours after regime troops.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np