वर्षासँगै मौरीको चरनमा समस्या

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार १०:४०   सम्पादक: admin

वर्षा लागेसँगै मौरीपालक किसानका लागि चरनको समस्या भएको छ । विशेषगरी वर्षायाममा फूल फुल्ने वनस्पति खेती कम हुने भएकाले चरनको समस्या देखिएको हो । चरनको समस्या भएपछि मौरीका लागि चाहिने आहारा किनेर खुवाउनुपर्ने बाध्यता रहेको किसान बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार वर्षाका कारण असार÷साउन र जाडोका कारण मङ्सिर÷पुसमा कृत्रिम आहाराले मौरी बचाउनुपर्ने हुन्छ । अहिले अधिकांश कृषकले चिनीको झोल खुवाउने गर्दछन् । तिमिल्सिनाका अनुसार १० वर्षअघि र अहिले चिनीको मूल्य दोब्बर भए पनि महको मूल्य एउटै हुँदा कृषक मारमा छन् । कृषकका लागि यो मौसममा परागकरण खुवाउन सकिने हुन्छ । यद्यपि समयमा सङ्कलन नगरिदिँदा कृषक नोक्सानमा छन् । मौरी जोनले आगामी वर्ष कृषकलाई परागकरण सङ्कलन गर्न पोलेन ट्र्याप उपलब्ध गराई व्यावहारिक तालीम दिन लागेको तिमिल्सिनाले जानकारी दिनुभयो । यसबाट केही हदसम्म बेमौसममा मौरी बचाउन सहयोग पुग्नेछ । नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेल मौरीपालक किसानको सङ्ख्यामा वृद्धि भए पनि चरनको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको बताउनुहुन्छ । मौरीको चरन क्षेत्रमा जग्गा खण्डीकरण र कृषि सडक बन्ने क्रममा कतिपय चरन क्षेत्र मासिएको पौडेलको भनाइ छ । यससँगै जलवायु परिवर्तनले समेत चरन क्षेत्रमा असर परेको उहाँले बताउनुभयो । सरकारले मौरी किसानका लागि व्यवस्थित चरन क्षेत्र नछुट्याएकाले पनि किसानले समस्या भोग्नुपरेको उहाँको गुनासो छ । उहाँका अनुसार बेमौसममा मात्रै एक घार बराबर १० किलो चिनी खर्च हुने गर्दछ । महासङ्घका संस्थापक अध्यक्ष प्रा डा खेमराज न्यौपानेले यो समयमा मौरी बचाउन कृत्रिम आहारा दिनुपर्ने बताउनुभयो । नेपालमा चिनीको चास्नी, मह र चिनीको पाउडर घोलेर बनाइएको क्याण्डी मौरीलाई खुवाउने गरिएको उहांँले जानकारी दिनुभयो ।

विदेशमा कर्नसिरफ पनि खुवाउने अभ्यास रहेको न्यौपानेको भनाइ छ । नेपालमा कम खर्चमा बेमौसममा मौरीलाई कसरी बचाउन सकिन्छ भनेर आफूले अनुसन्धान गर्दा पाकेको फर्सीलाई उसिनेर चिनीको सिरफ मिसाएर खुवाउन सकिने देखिएको उहाँले बताउनुभयो । वर्षायाममा फूल फुल्ने वनस्पतिको फूलको रस पखालिने र मौरी घारबाट बाहिर निस्कन नसक्ने हुनाले पनि चरनको साथै उत्पादनमा समेत घट्ने मौरीविज्ञ कमल वाग्ले बताउनुहुन्छ । उहाँले सरकारले विकसित देशको अभ्यास गर्दै चरन अभाव हटाउन वर्षायाममा फुल्ने वनस्पति एवं आहाराको लागि विकल्प खोज्नु अपरिहार्य रहेको बताउनुभयो । गत वर्ष चितवनमा ८०० मेट्रिकटन मह उत्पादन भएको थियो भने देशभर तीन हजार ५०० मेट्रिकटन मह उत्पादन भएको थियो । मौरीपालक व्यवसायी किसानको सङ्ख्या चितवनमा ४५० भन्दाबढी छन् भने देशभर छ हजार मौरीपालक किसान रहेको तथ्याङ्क छ । देशभरमा मेलिफेरा जातको मौरीका ६५ हजार र सेरेनाको एक लाख ४० हजार घार रहेका छन् । नेपालमा विशेषगरी मेलिफेरा, सेराना जातको मौरीबाट मह उत्पादन हँुदै आएको छ । कृषकले अन्य मौसममा पनि स्थानान्तरण गरेर मौरी चराउने गर्दछन् । विषादीका कारण वर्षेनी मौरी मरेर किसानले नोक्सान व्यहोर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले.....

ANI): After a day-long visit to Tehran, Pakistan Prime Minister Imran Khan will leave for Riyadh today to meet the Saudi leadership to discuss the recent developments in the Gulf region. Khan on Sunday held talks with Iranian President Hassan Rouhani at the Presidential palace about the recent.....

(AFP) - The United States slapped sanctions on Turkey Tuesday as it demanded an end to its deadly incursion against Syrian Kurdish fighters, accusing its NATO partner of putting civilians at risk and allowing the release of Islamic State extremists. The actions came hours after regime troops.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np