प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार ०७:१६   सम्पादक: admin

सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । दश स्थानीय तहमध्ये नौ वटामा शुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ । व्यास नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा उक्त कार्यक्रम शुरु गरिएको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाअन्तर्गत छोटो समयमै पनि ती स्थानीय तहमा विकासको राम्रो काम भएको बताइएको छ । उक्त कार्यक्रममार्फत जिल्लाको भिमाद नगरपालिकामा सडक नाला, पहिरो व्यवस्थापन, बगँैचा निर्माणलगायत काम गरिएको छ । सामुदायिक आयोजना निर्माणका लागि शुरु भएको कार्यक्रमबाट उक्त नगरपालिका–१, २, ५, ८ र ९ मा विभिन्न पाँच निर्माणको काम गरिएको रोजगार संयोजक विवेचन घिमिरेले जानकारी दिनुभयो । उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका १०० जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमबाट विपन्न परिवार प्रत्यक्ष लाभान्वित हुनाका साथै ठूलो धनराशि खर्च गरी बनाइएका सडकको मर्मतसम्भार विद्यालय परिसरमा सरसफाइ, बगैँचा निर्माण कार्य भइरहेको उहाँको भनाइ थियो । सोही कार्यक्रमअन्तर्गत देवघाट गाउँपालिकामा ६१ जनाले काम पाएका छन् । गाउँपालिकाका रोजगार संयोजक धु्रव आचार्यले वडा नं १ स्थित गोपीटार घरबास र कराँदीप घरबासका सामुदायिक भवन निर्माणका साथै वडा नं २ को बैदीमा शौचालय, सडक पेटी तथा चौतारो निर्माणमा लगाइएको छ ।

बन्दीपुर गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले सोही कार्यक्रमअन्तर्गत वडा नं को ४ पुन्टेखोला नाला निर्माण, वडा नं २ को गुर्दुम नाला निर्माण र बन्दीपुर गाउँपालिका–१ को पिप्लेनाला निर्माणमा ३५ जनाले काम पाइरहेको जानकारी दिनुभयो । भानु नगरपालिकामा सडक, नाला मर्मत, सामुदायिक भवनमा रङरोगन, सार्वजनिक जग्गामा फलफूलका बिरुवा रोपनलगायत कामका लागि २५ जनाले काम पाएका छन् भने वडा नं २ को चाम्बास खहरेमा भत्किएको सडक मर्मतका लागि २५, वडा नं १२ स्थित गाउँसेवा कोष र घलेछाप सामुदायिक भवनमा रङरोगनका लागि २५ वडा नं ४ स्थित भानु जन्मस्थल विकास समिति प्राङ्गण सरसफाइ र रङरोगनमा २५ जनालाई खटाइएको उक्त नगरपालिकाका रोजगार संयोजक कृपाहरि लौडारीले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिकामा बाटो मर्मतका लागि १६ जनालाई खटाइएकोे रोजगार सेवा केन्द्र प्रमुख कमला गैह्रेले जानकारी दिनुभयो । यसैगरी म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, रिसिङ, घिरिङ र बन्दीपुर गाउँपालिकामा पनि सो कार्यक्रम सफल भइरहेको त्यहाँका पदाधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले.....

ANI): After a day-long visit to Tehran, Pakistan Prime Minister Imran Khan will leave for Riyadh today to meet the Saudi leadership to discuss the recent developments in the Gulf region. Khan on Sunday held talks with Iranian President Hassan Rouhani at the Presidential palace about the recent.....

(AFP) - The United States slapped sanctions on Turkey Tuesday as it demanded an end to its deadly incursion against Syrian Kurdish fighters, accusing its NATO partner of putting civilians at risk and allowing the release of Islamic State extremists. The actions came hours after regime troops.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np