अमेरिकामा मृगौला प्रत्यारोपणमा नयाँ नीति घोषणा

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार ०६:३५   सम्पादक: admin

वासिङ्टन, २६ असार (रासस-सिन्ह्वा) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गर्नुभएको छ । अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा स्वास्थ्य क्षेत्रमा थप प्रगति हुने अमेरिकी प्रशासनको विश्वास छ । स्वास्थ्य तथा मानव संशाधन मन्त्री अलेक्स अजारले राष्ट्रपतिको आदेशको मुख्य लक्ष्य नै सन् २०३० सम्ममा प्रत्यारोपणका लागि मृगौलाको संख्या वृद्धि गर्ने रहेको जानकारी दिनुभयो । राष्ट्रपतिको आदेशमा घरमै बसीबसी डायलासिस सेवा वृद्धि गर्ने योजनामा नवीन प्रविधिको खोजी गर्नु पनि रहेको छ । मेडिकल सेन्टरमा उपचार गर्नुभन्दा घरमै कम खर्चिलो विधिबाट डायलासिस सेवा उपलब्ध गराउनु पनि राष्ट्रपतिको आदेशले जोड दिएको छ । राष्ट्रपति ट्रम्पले हाल करिब १२ प्रतिशतले मात्र घरमै डायलासिस सेवा लिइरहेको पनि जानकारी दिनुभयो । संयुक्तराज्य अमेरिकामा करिब तीन करोड ७० लाख मानिस मृगौला रोगबाट थलिएका छन् र त्यसमध्ये करिब सात लाख २६ हजार अन्तिम चरणको मृगौला रोगी रहेका छन् । करिब एक लाख अमेरिकीहरु मृगौला प्रत्यारोपणको पर्खाइमा रहेका र एक लाखभन्दा बढीले हरेक वर्ष डायलासिस सेवा आरम्भ गर्दछन् । अमेरिकी ह्वाइट हाउसको विवरण अनुसार डायलासिस सेवा शुरु गरेका आधाभन्दा बढीको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np