कृषक समूहलाई आधुनिक कृषि सामग्री वितरण

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार ०६:१५   सम्पादक: admin

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र गठित ३० कृषि समूहलाई आधुनिक कृषि सामग्री प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ र नगरपालिकाको लगानीमा खरीद गरिएको सामग्री कृषि समूहलाई वितरण गरिएको हो । कृषि पेशालाई यान्त्रीकरण गर्दै व्यावसायीकरण गर्ने उद्देश्यका साथ परियोजनाको ५० प्रतिशत, नगरको ४० प्रतिशत र कृषकको १० प्रतिशत लगानीमा कृषि यान्त्रीकरण प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ (मकै जोन) कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार कार्कीले बताउनुभयो । “परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने योजना सरकारले बनाएको छ”, उहाँले भन्नुभयो, “कृषकको मागका अनुसार आधुनिक सामग्री पाएपछि उनीहरु पनि हर्षित भएका छन् ।” प्रतिगोटा रु ५० हजार मूल्य पर्ने १२ कम्बाइल मिल, प्रतिगोटा रु १४ हजार मूल्य पर्ने ३० कन्सेलर सिङ्गल ट्युव, प्रतिगोटा रु १६ हजार मूल्यपर्ने ३० तौलने मेसिन, प्रतिगोटा रु ८० हजार मूल्य पर्ने पाँच मिनीटिलर र प्रतिगोटा रु ७० हजार मूल्य पर्ने पाँच मिनीटिलर वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यस्तै, कृषि ज्ञान केन्द्र खोटाङ पनि जिल्लाका कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यान्त्रीकरण प्रदान गरेको छ । केन्द्रले जिल्लाका ६६ कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यान्त्रीकरण औजार प्रदान गरिएको केन्द्र निमित्त कार्यालय प्रमुख हरिनारायण राईले बताउनुभयो । कृषि ज्ञान केन्द्रको कार्यालयमा बुधबार भएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले सामग्री हस्तान्तरण गर्नुभएको होे । पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक प्रणालीमा आकर्षित हुँदै गएका छन् ।

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np