नयाँ पक्की बाँध निर्माणपछि सिँचाइको सुविधा

प्रकाशित मिति: २५ असार २०७६, बुधबार ११:५०   सम्पादक: admin

कैलालीको मोहना सिँचाइ आयोजनाको मुहानमा पक्की नयाँ बाँध निर्माणले स्थानीय कृषकलाई सिँचाइको सुविधा पुग्ने भएको छ । नयाँ बाँध निर्माणपछि उक्त आयोजना निर्माण भएको ३२ वर्षपछि उपभोक्ताले सिँचाइ सुविधा पाउने देखिएको हो । यसअघिसम्म आयोजनाको मुहानमा निर्माण गरिने बाँध पटकपटक भत्किने गरेका कारण उपभोक्ता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए । कैलालीको पश्चिमी क्षेत्र बाँद्रेखालस्थित मछेली नदी मुहान भएको यो आयोजनामा ‘आरसिसी वेयर’ प्रकारको नयाँ पक्की बाँध रु २७ करोडको लागतमा निर्माण गरिएकाले कैलाली र कञ्चनपुरको तीन हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्न लागेको सिँचाइ डिभिजन कार्यालयका प्रमुख अमर पालले जानकारी दिनुभयो । बाँध निर्माणस्थल नजिक ४५० मिटरको मूल पक्की नहर निर्माण गरिएको छ । यसैगरी कञ्चनपुरतर्फ जाने नहरमध्ये ४५ मिटर नहरको भाग पक्की बनाइएको छ । एक पुलसहित पानी वितरण गर्न संरचना पनि निर्माण गरिएको छ । सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्र बडेलाले नयाँ बाँध निर्माणपछि गर्मीयामका दुई महीनाबाहेक अरु सबै महीना सिँचाइ पुग्ने देखिएको बताउनुभयो ।

“वैशाख र जेठ महीनामा नदीमा पानीको स्रोत कम हुने हुँदा सबैलाई सिँचाइ सुविधा पुरयाउन समस्या हुने देखिन्छ, बडेलाले भन्नुभयो”, “पानी वितरणको पुरानो शैली परिवर्तन गरेर सबैलाई सिँचाइ पुरयाउने योजना बनाउन लागिएको छ ।” विसं २०३७ मा निर्माण शुरु भई २०४४ मा सम्पन्न भएको यो आयोजनाको निर्माणमा त्यतिबेलाको झण्डै रु १२ करोड निर्माण लागत रहेको थियो । आयोजनाअन्तर्गत निर्माण भएको मूल नहर झण्डै दुई किलोमिटर लामो रहेकामा मूल नहरबाट कैलालीतर्फ र कञ्चनपुरतर्फ गरी झण्डै १९ किलोमिटर लामो शाखा नहर निर्माण गरिएको थियो तर नदीमा पानीको पर्याप्त स्रोत नहुँदा र पटकपटक बाँध भत्किने समस्याका कारण नहरमा पानी नबग्ने समस्या रहेको थियो । उक्त सिँचाइ आयोजनाबाट यसअघि लक्षित सबै सुमदायले सिँचाइको सुविधा पाउन नसकेको भए पनि वर्षेनी आयोजनाको निर्माण मर्मत शीर्षकमा राज्यको करोडौँ रकम आउने गरेको थियो । भौगोलिक अध्ययन र पानीको बेगलाई नबुझेर डिजाइन र इष्टिमेट गरी यसअघिका बाँध निर्माण गरिएकाले ती बाँध वर्षाको भेलले भत्काउने गरेको स्थानीयको बुझाइ छ ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले.....

ANI): After a day-long visit to Tehran, Pakistan Prime Minister Imran Khan will leave for Riyadh today to meet the Saudi leadership to discuss the recent developments in the Gulf region. Khan on Sunday held talks with Iranian President Hassan Rouhani at the Presidential palace about the recent.....

(AFP) - The United States slapped sanctions on Turkey Tuesday as it demanded an end to its deadly incursion against Syrian Kurdish fighters, accusing its NATO partner of putting civilians at risk and allowing the release of Islamic State extremists. The actions came hours after regime troops.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np