सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्छः मन्त्री पोखरेल

प्रकाशित मिति: २५ असार २०७६, बुधबार १०:१३   सम्पादक: admin

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्ने बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक शिक्षामा सबलीकरणः समाजवादी शिक्षा, अवस्था, चुनौती र अबको बाटो’ विषयक कार्यशाला गोष्ठीमा उहाँले उत्पादनमुखी शिक्षा नै आजको आवश्यकता भएकाले अबको शिक्षा समाजवादी हुने बताउनुभयो । मन्त्री पोखरेलले गरीब र धनीको पढ्ने शिक्षा नै सार्वजनिक शिक्षा भएकाले सिपसहितको समाजवादी शिक्षामा रुपान्तरण गरेर मुलुकको शिक्षा सुधार्नुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गति हटाएर २०७६ देखि २०८५ साललाई शिक्षा सबलीकरणको दशकका रुपमा लिनुपर्ने बताउनुभयो । सार्वजनिक शिक्षा सुधार गरे मात्र मुलुकको समृद्धि हुने बताउँदै उहाँले अरु देशको नक्कल गरेर होइन्, आफ्नै देश सुहाउँदो शिक्षा प्रणाली लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको स्वामित्व स्थानीय तहले लिएकाले अब शिक्षामा विभेद अन्त्य भएको उल्लेख गर्दै शिक्षा नीतिको मस्यौदा अन्तिम चरणमा रहेको र वर्षे अधिवेशनसम्म शिक्षासम्बन्धी सबै विधेयक ल्याइने जानकारी दिनुभयो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले ‘नेपालमा समाजवादी शिक्षाको अवधारणा, आधार र भविष्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अहिलेको शिक्षा विचौलिया शिक्षा भएकाले यसमा रुपान्तरणको आवश्यकता रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा गङ्गालाल तुलाधार र सांसद बद्री पाण्डेले उत्पादनमुखी, सिर्जनशील र उद्यमशीलता शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष गुरुराज घिमिरेले अहिलेको शिक्षाले मुलुकको विकासमा कुनै पनि योगदान गर्ने नभएकाले शिक्षा नीति स्पष्ट बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपानेले संविधानमा समाजवादोन्मुख भने तापनि कस्तो किसिमको समाजवाद र शिक्षामा कस्तो खालको समाजवादी ल्याउने भन्नेमा राजनीतिक दलबीचनै अस्पष्ट रहेको बताउनुभयो । शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला र मनप्रसाद वाग्लेले समाजवादको बहस गरे पनि अझै समान्तवादको चरित्र देखाइरहेकाले समाजवादी शिक्षा ल्याउन अझै समय लाग्ने बताउँदै स्थानीय तहमा सिपलाई उपयोग गर्ने खालको शिक्षा लागू गर्नुपर्ने र त्यही सिपबाट सिकेको शिक्षाले स्थानीय तहमा उत्पादन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np