तराई मधेशः नीतिगत, कानूनी र संस्थागत विकास एवं सुधार सम्बन्धमा सरकारलाई सिफारिश गरिने

प्रकाशित मिति: २५ असार २०७६, बुधबार ०९:४२   सम्पादक: admin

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने बताउनुभएको छ । मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण’सम्बन्धी अन्तरक्रियामा उहाँले अग्रगमनतर्फ उन्मुख गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, मूल्य र मान्यतालाई एकताबद्ध भएर रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । रक्षामन्त्री पोखरेलले देशको राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण्ण राख्न जरुरी छ भन्दै तराई, पहाड र हिमालको भाग्य एकै ठाउँमा गाँसिएको बताउनुभयो । “तराई मधेशका जनताको असल चालचलन, इमान्दारी र प्रचूर मात्रामा रहेको देशभक्तिपूर्ण भावनाको वर्णन गरेरै सकिन्न”, उहाँले भन्नुभयो, “विगतमा भएको नजानिँदो भेदभावपूर्ण व्यवहारले अन्यायमा परेको मनोविज्ञानलाई तोड्दै मुलुकको विकास र समृद्धिका लागि एकाकार भएर अघि बढ्न आवश्यक छ ।” उहाँले अग्रगमनतर्फ अघि बढ्ने क्रममा आउने समस्याको ठीक ढङ्गले चित्रण गरेर सामाजिक जागरणका माध्यमबाट सम्बोधनको प्रयास गर्नुपर्ने बताउनुभयो । सो अवसरमा लोकसेवा आयोगका अध्यक्ष

उमेशप्रसाद मैनालीले छिमेकी मुलुकको तुलनामा नेपालको संविधानले समानुपातिक र समावेशीको सिद्धान्तलाई उत्कृष्ट ढङ्गबाट आत्मसात् गरेको बताउँदै हामीले अपनाएको उत्कृष्ट शासन प्रणाली र राज्य व्यवस्थालाई ठीक ढङ्गबाट हिँडाउन र त्यसलाई पृष्ठपोषण गर्ने किसिमले ऐन, नियम र कानून बनाएर अघि बढ्नुपर्छ भन्नुभयो । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मधेशी र थारु समुदायका माग एकै खालका भएको बताउँदै तराई–मधेशमा उठेको विषय सम्बोधन गर्न दुवै आयोग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेशी आयोगका अध्यक्ष विजय दत्तले मधेशी समुदायको समग्र स्थितिको अध्ययन गरी समस्याको पहिचान भइसकेको हुँदा समाधानको उपाय के हुन सक्छ भनी सुझाव लिन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । मुलुकको अन्नको भण्डार तथा कला, साहित्य, धर्म र सस्कृतिको अनुपम क्षेत्र तराई मधेशको विकासका लागि नीतिगत, कानूनी र संस्थागत विकास एवं सुधार गर्न आयोगले सरकारलाई सिफारिश गर्ने पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np