विदेशी पर्यटकका उजुरी

प्रकाशित मिति: २५ असार २०७६, बुधबार ०७:२८   सम्पादक: admin

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्र्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् । पर्यटक प्रहरीमा चालू आर्थिक वर्षमा ६०० उजुरी दर्ता भएका हुन् । साउनमा ५०, भदौमा ३५, असोजमा ६५, कात्तिकमा ८०, मङ्सिरमा ५४, पुसमा ५३, माघमा ३७, फागुनमा ३२, चैतमा ५८, वैशाखमा ८२ र जेठमा ५४ उजुरी परेका छन् । पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारवाही गर्ने, इजाजत नभई पथप्रर्दशक कार्य गर्नेमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारवाही अगाडि बढाउने, होटल, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ एजेन्सीमा निरीक्षण गर्नेलगायतका काम गर्दै आएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत पर्यटक प्रहरीमा पर्ने उजुरीमध्ये सबैभन्दा धेरै सामान हराएको विषयमा पर्ने गरेको बताउनुहुन्छ । “सामान हराएको मात्र ४५४ उजुरी पर्यटक प्रहरीमा परेको छ”, उहाँ भन्नुहुन्छ । पर्यटक प्रहरीमा सामान हराएको बाहेक चोरी ९८, ठगी २४, लुटपाट तीन, पाकेटमार छ, दुव्र्यवहार चार, दुर्घटना एक, क्षति चार र अन्य छ उजुरी दर्ता भएका छन् । पर्यटक प्रहरीले हाल काठमाडौँ उपत्यकाभित्र १० र उपत्यका बाहिर १६ स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ । प्रहरी प्रधान कार्यालयमा २२७ को दरबन्दी कायम गरिएको छ ।

चालू आवमा मात्र काठमाडौँको बौद्ध, चितवनको पटिहानी र तनहुँको बन्दीपुरमा कार्यालयले सेवा विस्तार गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटक प्रहरीको आवश्यकता र औचित्य बढ्दै गएको छ । पर्यटक प्रहरीले पर्यटकलाई आवश्यक पर्ने सेवा प्रदान गर्न रारा ताल, बाँके, कञ्चनपुर, इलाम, धनकुटालगायतका नौ प्रमुख पर्यटकीय गन्तव्यका लागि पर्यटक प्रहरी माग गरिएको पर्यटक प्रहरी प्रमुख बस्नेत बताउनुहुन्छ । पर्यटक प्रहरीले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि ‘पर्यटक प्रहरी मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ । एप्समा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने काम र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना घटिहालेमा प्रहरीलाई खबर गर्ने तरिका, पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने बताइएको छ । विदेशबाट आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल भित्रिने भएकाले उक्त पर्यटकलाई लक्षित गरेर ठमेलमा ‘महानगरीय पर्यटक सूचना केन्द्र’ समेत सञ्चालनमा ल्याएको छ । उक्त केन्द्र सञ्चालनमा ल्याएसँगै पर्यटक प्रहरीको प्रधान कार्यालय भृकुटीमण्डपबाट दिने सेवा सुविधा ठमेलबाट प्रदान गरिने पर्यटक प्रहरीले जनाएको छ । पर्यटक प्रहरी नेपाल प्रहरीको भए पनि उनीहरुको सेवा सुविधा भने पर्यटन विभागमार्फत हुँदै आएको छ । पर्यटक प्रहरी परिचालन निर्देशिका नहुनु, विभिन्न मुलुकको भाषाको ज्ञान नहुनु, पर्यटक प्रहरीलाई आवश्यक तालीम नहुनुलगायत पर्यटक प्रहरीभित्र समस्याका रुपमा रहेका छन् । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पर्यटक प्रहरीको आवश्यकतालाई हेरेर अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने बताउनुहुन्छ । “नयाँ स्थानमा पर्यटक प्रहरी राख्नका लागि आएका मागलाई अध्ययन गरी नेपाल प्रहरीमा पठाउने र प्रहरीले सदर गरेपछि उक्त ठाउँमा पर्यटक प्रहरी खटाउने गरेका छौँ”, उहाँ भन्नुहुन्छ । नेपालको पर्यटन विकासमा पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । महानिर्देशक घिमिरे मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा विभाग गम्भीर भएर लागेको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले.....

ANI): After a day-long visit to Tehran, Pakistan Prime Minister Imran Khan will leave for Riyadh today to meet the Saudi leadership to discuss the recent developments in the Gulf region. Khan on Sunday held talks with Iranian President Hassan Rouhani at the Presidential palace about the recent.....

(AFP) - The United States slapped sanctions on Turkey Tuesday as it demanded an end to its deadly incursion against Syrian Kurdish fighters, accusing its NATO partner of putting civilians at risk and allowing the release of Islamic State extremists. The actions came hours after regime troops.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np