शेयर बजारः नेप्सेको ओरालो यात्रा कायमै

प्रकाशित मिति: २३ असार २०७६, सोमबार १३:०३   सम्पादक: admin

: आइतबार जस्तै आज पनि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.७० विन्दुले घटेर एक हजार २४७.३५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५६ विन्दुले घटेर २६८.७९ मा झरेको छ । नेप्से घट्दा कारोवार रकम भने झण्डै रु ६० करोडको हाराहारीमा रहेको छ । कूल १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता शेयर रु ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोवार भएको छ । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । जलविद्युत् २.४ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४९, होटल ०.९२, विकास बैंक ६.७१, वित्त २.६९, निर्जीवन बीमा ६३.२२, उत्पादन ८.०४, अन्य ३.१७, लघुवित्त ६.५ र जीवन बीमा ६४.०८ विन्दुले घटेको छ ।

स्टकका अनुसार आज प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु ११ करोड ४५ लाख ७० हजार बराबरको कारोवार भयो । यस्तै सिभिल बैंक रु तीन करोड ८० लाख २० हजार ९९६, साल्ट टे«डिङ कर्पाेरेशनको रु तीन करोड आठ हजार, प्रभु बैंकको रु दुई करोड ७६ लाख २० हजार ३३९, नेपाल बैंक लिमिटेडको रु दुई करोड ३६ लाख ८६ हजार ८८८, सेञ्चुरी बैंकको रु एक करोड ७५ लाख सात हजार ७७३ र मेगा बैंकको रु एक करोड ६० लाख ४८ हजार ३१० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै आँखु खोला जलविद्युत् कम्पनी ७.०४, अरुण काबेली पावर ३.८५, घलेम्दी हाइड्रो ३.६१, सिनर्जी पावर ३.३७, र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ३.२५ प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले गुमाए । रैराङ हाइड्रोपावर ५.३०, वेस्ट फाइनान्स कम्पनी ४.७६, सगरमाथा इन्स्योरेन्स ३.८७, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.८४ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७७ प्रतिशतले गुमाए ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले.....

ANI): After a day-long visit to Tehran, Pakistan Prime Minister Imran Khan will leave for Riyadh today to meet the Saudi leadership to discuss the recent developments in the Gulf region. Khan on Sunday held talks with Iranian President Hassan Rouhani at the Presidential palace about the recent.....

(AFP) - The United States slapped sanctions on Turkey Tuesday as it demanded an end to its deadly incursion against Syrian Kurdish fighters, accusing its NATO partner of putting civilians at risk and allowing the release of Islamic State extremists. The actions came hours after regime troops.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np