वामपन्थी नेता अधिकारीको अवस्था जटिल

प्रकाशित मिति: २२ असार २०७६, आईतवार ०७:२८   सम्पादक: admin

थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ । गएको पुस २७ गते यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भएका उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार उहाँलाई सघन उपचार कक्षमा राखिएको छ । फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात हुनाका साथै अधिकारीको अवस्था निकै जटिल भएपछि आज अस्पतालबाट बाहिर निकाल्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । शनिबार साँझ अधिकारीलाई सोही पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गर्नुभएको थियो । विसंं २०११ मा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मनुभएका अधिकारी विसंं २०३२देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको हो । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लाग्नुभएका उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासन पनि दिनुभएको थियो । अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज हुनुहुन्छ भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np