नेपालले सिङ्गापुरसँग खेल्ने

प्रकाशित मिति: १९ असार २०७६, बिहीबार ११:४४   सम्पादक: admin

मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७ ः४५ बजे प्रारम्भ हुनेछ । नेपाल सिङ्गापुर विरुद्वको खेलमा विजयी हासिल गर्न समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने तयारीमा भने पराजित भए समूहको उपविजेताका रुपमा सेमिफाइनमा रहनेछ । दुवै टोली सेमिफाइनलमा पुगेकाले यस खेलले सो समूहको विजेता र उपविजेताको टुङ्गो लगाउनेछ । विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन् । प्रतियोगितामा दुई खेल खेलेको चीन दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नवप्रवेशी टोली चीन नेपाल र सिङ्गापुरसँग पराजित भएको थियो । त्यसैगरी समूह ‘बी’ मा भने चार राष्ट्रमा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन् । यस प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ । नेपालले यू–१९ उमेर समूहको खेलमा लामो समयदेखि सिङ्गापुरसँग खेलेकामा नतिजा पनि नेपालकै पक्षमा आएको थियो । पछिल्लो पटक गत अप्रिलमा मलेशियामा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो । त्यस्तै सन् २०१७ मा सिङ्गापुरमा भएको यू–१९ विश्वकप छनोट एशियाअन्तर्गतको खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np