लिवर्टी एकेडेमीकी छात्रा बबिता तामाङलाई निसान आर्ट प्रतियोगिताको उपाधी

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार १५:३९   सम्पादक: admin

सुदर्शन बजगाई,जोरपाटी |संस्थागत विद्यालयहरुको तेस्रो ठुलो संगठन राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्धारा आयोजित निसान आर्ट प्रतियोगिताको उपाधी लिवर्टी एकेडेमीकी छात्रा बबिता तामाङले जितेकी छिन् |  गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा संचालित एकदिने बृहत चित्रकला प्रशिक्षण तथा प्रतियोगितात्मक कार्यक्रममा  ३२ बिद्यालयका १२८ जना बिद्यार्थीहरुले एक अर्कासंग प्रतिस्पर्धा गरेका थिए  । कार्यक्रमको प्रमुख आतिथ्यता गोकर्णेश्वर नगरपालिकाका उप-मेयर शान्ती नेपालले गर्नु भएको थियो । नेपालले आफ्नो मन्तव्य मार्फत निसानलाई सदा सहयोग गर्ने वचन दिनुका साथै बिद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभएको थियो । संस्थाका बरिष्ट उपाध्यक्ष रामेश्वर चौलागाइको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमलाई संस्थाको महासचिव सौर्य आचार्यले संचालन गर्नु भएको थियो ।

 

सो कार्यक्रममा संस्थाको केन्द्रिय समितिमा रिक्त केन्द्रिय सदस्यको पदमा क्रमश प्रेम दाहाल (आइलेन्स स्कूल) प्रभात प्रधान (जोरपाटी विलिभर्स) र हरि ठकुरी (बिद्यामठ स्कूल) लाई मनोनित गरी संस्थाको अध्यक्ष ओम प्रसाद ढकालले संस्थामा विधिवतरुपमा प्रवेश गराउनु भएको थियो । उक्त प्रतियोगितामा लिबर्टी एकेडेमीकी छात्रा बविता तामाङ प्रथम, नेशनल पायोनियर स्कूलको छात्र अनिल तामाङ दोस्रो, वल्ड युथ स्कूलको छात्र छेवाङ तामाङ तेस्रो, नेशनल पायोनियर स्कूलको छात्रा अनिसा लामा सान्तवना, द सेलिब्रेशन को एडको छात्र नोर्बु लामाले सान्तवना स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । यसैगरी नव अरुणीमा स्कूलकी छात्रा भूमिका विष्ट, विपुल शिक्षा निकेतनकीे छात्रा तुलसी मोक्तान, ब्राइट जोन एकेडेमीको छात्र अरमान दहित, इष्ट पोलकी छात्रा सेलिना रोका र तारा सदन स्कूलको छात्र सुदर्शन पन्त उत्कृष्ट १० स्थानमा पर्नु भएको थियो ।

सम्पूर्ण विजयी विद्यार्थीहरुलाई निसानका केन्द्रिय अध्यक्ष ओमप्रसाद ढकाल, प्रमुख अतिथी शान्ती नेपाल, निर्णायकहरु महेश आचार्य, रमेश कुवँर लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । साथै निसानको आगामी कार्यक्रम नृत्य प्रतियोगीता तथा एस इ इ सम्मानहुने कुरा पनि यसै कार्यक्रम मार्फत जानकारी गराईएको थियो । कार्यक्रमको मिडीया पाटनर गोकर्णेश्वर अनलाइन र आशाका किरण रहेका थिए ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np